scheduleसोमवार आषाढ़ २२ गते, २०७७

कर्मचारीलाई भाले नखुवाउँदा घर अँधेरै …

मलंगवा, १६ वैशाख । जिल्लाको उत्तरी क्षेत्रमा रहेको परवानीपुरका स्थानीय विद्युत उपभोग गर्नबाट बञ्चित भएका छन् । मिटर जडानका लागि २०७३ सालमै विद्युत प्राधिकरण वितरण केन्द्र लालबन्दीमा निवेदन दिएको भए पनि अझै सम्म प्राधिकरणले मिटर जडान नगर्दा उनीहरु विद्युत उपभोग गर्नबाट बञ्चित भएका हुन् ।

लालबन्दी नगरपालिकाको वडा नम्बर १५ मा पर्ने धुसेनी, दउराली, तिनतले लगायतका स्थानका करीब १४० घरधुरीमा प्राधिकरणले विद्युत मिटर जडान नगरी दिएको देउरालीका स्थानीय बाबुराम थोकरले बताए ।

‘मिटर जडानका लागि निवेदन दिएको २ वर्ष विति सक्यो, हामीले पटक पटक मिटर जडानका लागि प्राधिकरणका कर्मचारीलाई अनुरोध ग¥यौं तर अहिले सम्म जडान गरेका छैनन्’, स्थानीय थोकरले भने ।

पहिले पहिले घर बनाउँनका लागि जंगलबाट काठ ल्याउदा वनपालेहरुले घुसको रुपमा कुखुराको भाले खाने गरेको स्मरण गर्दै स्थानिय भन्छन् ‘विद्युत प्राधिरणका कर्मचारीले पनि मिटर जडान गर्न अनुरोध गर्दा भाले खुवाउनु पर्छ भन्ने गरेका छन्’ धुसेनीका स्थानीय वीर वहादुर वोम्जनले गुनासो गरे ।

८/१० घरमा मिटर छ, सोही मिटर हुँदै सवामिटर राखेर धेरैले विद्युत उपभोग गरी रहेका छन् । मिटर जडानका लागि निवेदन दिएको धेरै भई सक्यो, उल्टै मिटरै जडान नगरी विजुलीको विल आउने गरेको छ अर्का स्थानीय देव बहादुर घलानको भनाई छ ।

धुसेनी लगायतका स्थानका केही घरहरुमा मिटर पुगेको भएपनि सबै घरमा एकै पटक जडान गरि दिने प्राधिरणका केही कर्माचारीले बताएका स्थानीयको भनाई छ । राजधानी दैनिकमा राकेश गुप्ताले खबर लेखेका छन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय