scheduleसोमवार भाद्र २ गते, २०७६

चेल्सीले म्यानचेस्टर युनाइटेडसँग बराबरी खेल्यो

काठमाडौँ, १६ वैशाख । गएराति भएको प्रिमियर लिगमा म्यानचेस्टर युनाईटेडलाई चेल्सीले एकएक गोलको बराबरीमा रोक्न सफल भएको छ । यो बराबरीसँगै दुवै टोलीले एकएक अंक बाडेका छन् ।

म्यानुको घरेलु मैदानमा भएको खेलको ११ औं मिनेटमा हुवान माटाले गोल गर्दै युनाईटेडलाई अग्रता दिलाएका थिए । तर, खेलको ४३ औं मिनेटमा चेल्सीका लागि मार्कुस अलन्सोले बराबरी गोल फर्काएका थिए ।

चेल्सीको ३६ खेलबाट ६८ अंक भएको छ । म्यानु ६५ अंकका साथ छैटौं स्थानमा रहेको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage