scheduleमगलवार मंसिर २४ गते, २०७६
Bajaj
Global IME

प्रकाशमान भन्छन्- नेकपा सरकारले पत्रकारलाई दुःख दियो


संखुवासभा, १६ वैशाख । नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री प्रकाशमान सिंहले वर्तमान सरकारले पत्रकारलाई दुःख दिएको बताएका छन् । उनले गल्ती ढाक छोप गर्ने नेकपाको सरकारले पत्रकारलाई हत्कडी लगाउने थालेको आरोप लगाए ।

नेपाली कांग्रेस संखुवासभाले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले कम्युनिष्ट सरकारले पत्रकारलाई अनावश्यक दुःख दिएर हत्कडी लगाएको उदाहरणहरुको चर्चा समेत गरे ।
‘कम्युनिष्ट सरकार आएपछि अहिले जनताले सहज रुपमा हाँस्न, बोल्न समेत पाइरहेका छैनन्,’ उनले भने, ‘तपाईहरु आफैँ नेकपा सरकार कस्तो छ बुझ्नु भएकै छ ।’

वर्तमान नेकपा सरकारको गतिविधीले प्रेस स्वतन्त्रताको नै खिल्ली उडाएको उनको आरोप थियो । सरकारले बिना कारण पत्रकारहरु पक्राउ गर्ने र जेल हाल्ने गरिरहेको चर्चा गर्दै उनले वर्तमान सरकारले पत्रकारलाई यो वा त्यो बहनामा हत्कडी लगाउनु आपत्तिजनक भएको बताए ।

पूर्वउपप्रधानमन्त्री समेत रहेका सिंहले पत्रकारले स्वतन्त्ररुपमा समाचार लेख्न, टिप्पणी गरेकै कारण विभिन्न जिल्लाका पत्रकार जेल जानु परेको आरोप लगाए ।

वर्तमान सरकार भ्रष्टाचारमा लिप्त भइरहेको आरोप लगाउँदै सरकारले विकास र समृद्धिलाई नारामा मात्र सीमित राखेको बताए । उनले नेकपा सरकारले विदेशी लगानी भित्राउने वातावरण बनाउन नसकेको बताए ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage