scheduleशुक्रवार जेष्ठ १६ गते, २०७७

एनआरएनए दक्षिण कोरियाको सातौँ अधिवेशन अगष्ट १७ र १८ मा हुने


एसपी यादव/ दक्षिण कोरिया, १६ बैशाख । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) दक्षिण कोरियाको सातौँ अधिवेशन अगष्ट १७ र १८ तारिखमा हुने तय भएको छ ।

गत शनिवार गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) एसिया प्यासिफिक उपसंयोजक विनोद कुवँरको विशेष आतिथ्यमा बसेको बैठकले सो निर्णय गरिएको गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) दक्षिण कोरियाका प्रवक्ता अशोक मैनालीले बताएका छन् ।

बैठकले नयाँ सदस्यता दर्ता र नविकरणको लागी प्रवक्ता मैनाली र सचिव केशव थापाको संयोजकत्वमा सचिवालय गठन गर्ने निर्णय गरेको छ । नविकरण र नयाँ सदस्यता आवेदनको हकमा मई १० तारिख देखि खुल्ला गरिने र जुन ३० तारिखमा बन्द हुने निर्णय समेत गरिएको प्रवक्ता मैनालीले जानकारी गराएका छन् ।

Dish_Home

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय