scheduleमगलवार आषाढ़ ३ गते, २०७६

कालीगण्डकी नदी पनि व्यक्तिको नाममा !


पर्वत, १७ वैशाख । देशका विभिन्न ठाउँमा सरकारी जग्गा व्यक्तिको नाममा दर्ता भएको घटना सार्वजनिक भैरहँदा कालीगण्डकी नदी समेत व्यक्तिको नाममा रहेको खुलासा भएको छ । पर्वतको सहस्रधारादेखि अर्मादीसम्मको करिब २ किलोमिटर दुरीमा नदीको क्षेत्र व्यक्तिको नाममा रहेको पाईएको हो ।

सरकारी जग्गा व्यक्तिको नाममा रहेको चर्चा देशैभरि भएपनि कालीगण्डकी नदीको विषय भने ओझेलमै छ । नदी व्यक्तिको नाममा रहेको २०७२ सालमै खुल्न आएको थियो । तत्कालिन जिल्ला नापी अधिकृत पूर्णहरि सुबेदी, मालपोत अधिकृत सुरन पौडेल लगायत सहभागी भएको जिल्ला स्तरिय अनुगमन समितिले कालीगण्डकीको दुई किलोमिटर क्षेत्र व्यक्तिको नाममा रहेको प्रतिबेदन जिल्ला प्रसासन कार्यालय र जिल्ला विकास समितिमा बुझाएको थियो । तर, प्रतिबेदन अनुगमन समितिले बुझाएपनि अहिलेसम्म यस विषयमा अरु कारवाहि अगाडी बढेको छैन् ।

कालीगण्डकी अतिक्रमण छानबिन समितिका सदस्य रहेका पूर्णहरि सुवेदीले सुरु नापीकै समयमा भएको कमजोरीका कारण लापरवाही देखिएको बताए । नापी हुँदाको वखत पाङ र खुर्कोटका बासिन्दाले नदी मिचेको सुवेदीले बताए । नीतिगत अनियमितता गरेर नदी व्यक्तिको नाममा पार्ने काम भएको सुबेदीले बताए ।

अनुगमन समितिको प्रतिबेदन अनुसार नदीको भाग २०३८ सालमा व्यक्ति र गुठिको नाममा गएको औल्याईको छ । पर्वतको तत्कालीन पाङ गाविस १, २, ३ र ४ तथा तत्कालीन खुर्कोट गाविस १ र २ मा पर्ने २४ कित्ताको करिब १ सय ६० रोपनी जमिन व्यक्तिका नाममा छ । नदी किनारमा आवादी जग्गा भएकाहरूले २०३८ मा नदी व्यक्तिका नाममा दर्ता गरेका थिए ।

जिल्ला प्रशासन कार्यालयमा पेस गरिएको प्रतिवेदनअनुसार सोही क्षेत्रमा पर्ने ६ रोपनी १२ आना जग्गा लक्ष्मीनारायण गुठीका नाममा दर्ता छ । त्यसमध्ये करिब १९० रोपनी क्षेत्रफल नेपाल सरकारकै नाममा मालपोत कार्यालयमा दर्ता छ । नदीको बीच भागबाट दायाँवायाँ ३०/३० मीटर नदीकै जग्गा हुनुपर्नेमा पर्वत खण्डमा बीच भागबाट वायाँ भाग नापीको नक्सामा देखिदैन् । कालीगण्डकी नदी व्यक्तिको नाममा रहेको क्षेत्र कुश्मा नगरपालिका भित्र पर्छ ।

तत्कालीन समयको प्रतिबेदन बारे अहिलेका जनप्रतिनिधि र कर्मचारी बेखबर जस्तै छन् । के आधारमा कारबाही अगाडी बढाउने भन्ने विषयमा अनभिज्ञ रहेको जिसस प्रमुख मनोहर विश्वकर्माले बताए । विश्वकर्माले भने, ‘नदी बग्ने स्थानसमेत व्यक्तिका नाममा छ भन्ने सुनिएको छ । यसको समाधान कसरी गर्ने भन्ने बारेमा अध्ययन थाल्नेछौं ।’

पर्वतका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले पनि नदीको सीमाबारे अध्ययन नभएको बताए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob