scheduleशुक्रवार कार्तिक १ गते, २०७६

यसकारण जोकतन्त्रविरुद्धको अभियान

सौगात पोखरेल

मैले जसरी नै आजकाल धेरै साथीहरुले हाँस्य चलचित्रहरु र हाँस्यकार्यक्रमहरु हेर्न छाड्नु भएको होला । किनकी आजकाल हाँस्नका लागि हाँस्य कार्यक्रमहरु हेर्न जरुरी नै छैन । प्रधानमन्त्रीले दैनिकजसो जोक्स सुनाईरहनु हुन्छ ।

कुनैदिन एकजना साथीले भनेका थिए, ‘तँलाई दुनियाँ चिज थाहा रहेछ । तर तेरो घरको आडैमा तरकारी बेच्न बस्ने आन्टीको नाम थाह छ ? तेरो रेगुलर कपाल काट्ने भाइको नाम थाह छ ?’

म उसको प्रश्नले धेरै समय रन्थनिएँ । अनि, लाग्यो जिन्दगीमा नजान्नु जत्तिको ठूलो अपराध केहि रहेनछ । अनि मलाई उसको प्रश्नले बारम्बार घोचिरह्यो र मेरो जीवनमा जोडिएका भुईंमान्छेहरुको जानकारी राखिरहन्छु । मैले किन यो सन्दर्भ जोडिरहेको छु भने यो देशको शासन सत्तामा पुगेका र पुग्न आँटेका नेताहरुले कति बर्ष भयो ?

सार्वजानिक ठाँउमा गएर मःमः नखाएको ? जनता चढ्ने गाडी नचढेको ? देशका धेरै जनताले आफ्ना बालबच्चा पढाउने सरकारी विद्यालयमा बच्चा नपढाएको ? किसानले सडकमा पोखेको दूधको भाउ नबुझेको ?

सौगात पोखरेल

हिजो प्रधानमन्त्रीको भाषण सुनेर खुब हाँसेँ । दिनभरको तनाव पनि दूर भयो । उनले भने, ‘नेपालमा माग्नेहरु भेटिए भने मलाई सिधा सम्पर्क गर्न लगाए हुन्छ ।’

कामको शिलशिलामा म यति बेला काठमाडौंमा छु । मलाई सुन्धाराबाट जमल निस्कँदासम्म पाउ समात्दै पैसा माग्नेहरुको भिडले दिमाग खराब बनाउँछ । प्रधानमन्त्रीको जोक्स सुनेपछि लाग्यो । उहाँलाई एकपटक त्यो बाटो पैदल हिडाउन पर्‍यो ।

सपनाहरुको मृत्यु सबैभन्दा खतरनाक हुन्छ मैले कतै सुनेको थिएँ । आज देशकै प्रधानमन्त्री जोकतन्त्रको वकालत गर्दै देशको शासन प्रणालीमाथि मजाक गरिरहेका छन् ।
। प्रम ओली भन्नुहुन्छ, ‘यो देशमा सुन छिर्ने नाकाहरु बन्द भए ।’ त्यहिदिन प्रहरी दशौँ किलो सुन बरामत गर्छ । प्रम भन्नुहुन्छ, ‘यो देशमा न्याय नपाएर कोहि मर्नुपर्दैन ।’ तर निर्मलाको हत्यारा पत्ता नलागेको वर्ष हुन लागि सक्यो ।

ओली महाराज भन्नुहुन्छ, ‘यो देशमा घरघरबाट पाईपलाईनमा ग्याँस जोडिन्छ ।’ अनि उहाँ गोबर ग्याँसको उद्घाटन गर्न पुग्नु हुन्छ । उहाँ भन्नुहुन्छ, ‘अब देशमा पानी जहाज चलाईन्छ ।’ अनि स्ट्रिमर चलेको देखेर विपक्षीहरु हायलकायल भए ।

उहाँ फेरि अर्को ठाँउमा जानुहुन्छ र भन्नुहुन्छ, ‘अब सरकारी सम्पत्ति दोहन गर्नेलाई छाडिँदैन ।’ तर उहाँलाई थाहा हुन्न बालुवाटारको जग्गा नै गायब छ । त्यसमा आफ्नै पार्टी महासचिवको महासंलग्नता छ ।

ओली सरकार भन्नुहुन्छ, ‘भ्रष्ट्रचारीको अनुहार पनि हेर्दिनँ ।’ वाईडबडी काण्ड कहाँ गयो ? गेजुवा प्रकरण के भयो ? स्वास्थ्य र शिक्षामा भएको माफियाकरण अन्त्य भयो कि नाई ? काण्डै काण्डको जगमा टेकेर ओली महाराज भन्नुहुन्छ, ‘आजकाल सरकारको कामले गति लिएको छ ।’

हो, महाराज तपाईको शासन र राणा शासनमा खासै भिन्नता छैन । कारण तपाई र तपाईका मन्त्रीहरु सवारी हुँदा जनताले सास्ती खेप्न परेको छ । बिरामी एम्बुलेन्समा नै मर्नु परेको छ । अनि राष्ट्रपति सवारीको त कुरै नगरम् । तँपाई गणतन्त्र आउनु भनेको बयल गाडामा पुगेर चन्द्रमा पुग्नुजस्तै हो भनेर बस्दा हामीले गणतन्त्रका लागि लडेको अर्को तानशाह जन्माउनका लागि होईन ।

हरेक काण्डमा तपाईका मन्त्री, पूर्वमन्त्रीहरु र पार्टीका नेताहरु फसिन्छन् तर तपाई उहाँहरुलाई कारबाही गर्न भन्दा बचाउन लाग्नुहुन्छ ।

शिक्षा र स्वास्थ्य सुधारका मागहरु आउँछन्, तब तपाई गोविन्द केसीलाई गाली गरेर थाक्नुहुन्न । जब नेपाल एयरलाईन्सको कुरा आउँछ, विजय लामाहरुलाई कारबाही गर्न पछि पर्नुहुन्न ।

आज पनि देश तपाई देशमा लोकतन्त्र भएको दावा गर्नुहुन्छ । तपाईका विरुद्ध बोल्नेलाई जेल कोच्न भन्नुहुन्छ । जब तपाईको विरोधमा कसैले कालो झण्डा देखाउँछ अनि त्यो बेला तपाईलाई कम्पारो तातेर आउँछ । अनि प्रहरीलाई भन्नुहुन्छ, ‘यसलाई जेलमा सडाईदे ।’ प्रधानमन्त्रीको विरोध गर्न नपाउने यो कस्तो लोकतन्त्र हो ? प्रधानमन्त्रीलाई प्रश्न गर्नै नपाउने यो शासन सत्ता र शाहि सत्तामा के फरक छ ?

हुन त तपाईलाई यति बेला आसेपासेको रिपोर्टले घोषणापत्र पढ्ने फुर्सद पनि नहोला । तर तपाईको सरकारले आजसम्म यति काम गर्छ भनेर घोषणा गरेको घोषणापत्र अनुसार कति प्रतिशत काम सफल भयो ? जवाफ छ तपाईसँग ?

करोडौँको खर्च गरेर सडकमा टाँसिएको तपाईको सामाजिक सुरक्षाको विज्ञापनबाट श्रमिकहरुलाई कति फाईदा भयो ? रोजगारको शिलशिलामा विदेश जानेहरुको संख्या बढ्यो कि घट्यो । उपचार खर्चको अभावमा अस्पतालमा आत्महत्या गर्नेको संख्या बढ्यो कि घट्यो ? अन्तराष्ट्रिय विमानस्थलमा हरेक दिन बाक्सामा फर्किएर आउने लासको संख्या घट्यो कि बढ्यो ? केहि जानकारी छ तपाईसँग ?

यस्ता कयौँ प्रश्नहरु ज्युँका त्युँ छन् । तर तपाई जोक सुनाएर भन्नुहुन्छ, ‘देशको हातल बदलियो ।’ आजको दिनमा जीवनजल नपाएर मर्नेहरुको संख्या कति छ ? देशमा धनी र गरिबहरुको खाडलको अन्तर कति छ ? गरिबीले निम्त्याएका अपराधहरु कति छ ? अरबौ भ्रष्टचार गर्नेहरुलाई छाडेर दुईचार हजारमा प्रचार गर्ने अख्तियार कहाँ छ ?
लामो समयको अन्तरालपछि बनेको यति बलियो सरकार पनि यहि हो सबैभन्दा आलोचित सरकार पनि यहि हो । यसको जवाफ प्रम केपि ओलीले दिन पर्छ कि पर्दैन ?

देशमा अकाल रोगले मान्छे मरिरहँदा जनताको सरोकारको बिषय पानीजहाज र रेल पर्छ कि पर्दैन । पार्टीलाई ब्लड ग्रुप ठान्ने र आफ्नो पार्टीका नेताले गरेको गल्तीका विरुद्ध बोल्नै नसक्ने अरिङ्गालहरुले पनि खासमा यो जोकतन्त्रको वकालत गर्दै लोकतन्त्र कमजोर बनाउने गद्दारहरु हुन् । हिजोसम्म बालुवाटारको कुरा उठ्दा कुनामा लुकेर बस्दै बिष्णु दाजुलाई फसाए भन्नेहरु आज शेरबहादुरको संग्लनताको कुरासँग जुर्मुराएको देख्दा बिजोग लाग्छ ।

हिजो एनसेलको करको कुरा उठाउँदा त्वम् शरणम् गर्नेहरु आज मुठ्ठी कसेर उठेको देख्दा बिजोग लागुरासँग जुर्मुराएको देख्दा बिजोग लाग्छ । हिजो एनसेलको करको कुरा उठाउदा त्वम् शरणम गर्नेहरु आज मुठ्ठी कसेर उठेको देख्दा बिजोग लाग्छ । चुनावको बेलामा एनसेलसँग करोडौँ पैसा लिएसी सरकारलाई टेर्छ ?

काण्डैकाण्डको जगमा टेकको यो सरकारलाई लोकतन्त्र प्रति भन्दा जोकतन्त्रप्रति ज्यादा विश्वास छ । नपत्याए यो सरकारको प्रवृत्तिले छिनछिनमा बदलेको बोली हेर्नुछ । अब पनि हामी यो जोकतान्त्रिक सरकारका यस्ता गतिविधिलाई हेरेर मात्र बस्ने हो भने यहि अवस्थामा लोकतन्त्र र देश दुवै खतरामा पर्ने संकेत छ ।

त्यसैले आउनुहोस्, जोकतन्त्र विरुद्ध लोकतन्त्र रक्षाको अभियान थालनी गरौँ । एकपटक सत्ताका शासकहरुलाई उनीहरुको घोषणापत्र उपहार दिऔँ र देशैभरी सरकारलाई प्रश्न गर्न सक्ने जमात निर्माण गरौँ । यसैको अन्तिम सातामा झापाबाटै जोकतन्त्रविरुद्धको अभियान थालनी हुँदैछ । यो अभियान देशैभरी चल्दैछ । हातेमालो गरौँ । देश र लोकतन्त्र दुवैको रक्षामा लागौँ । हामी नलागे को लाग्छ ?

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage