scheduleआइतवार श्रावण ५ गते, २०७६

थाइल्याण्डका राजाले गरे आफ्नी अंगरक्षकसँग विवाह

एजेन्सी, १९ वैशाख । थाइल्याण्डका राजा वजिरालंगकर्नले आफ्नै अंगरक्षक सुथिदा टिदजाईसँग विवाह गरेका छन् ।सुथिदा वजिरालंगकर्नको  व्यक्तिगत सुरक्षा टिमकी उपप्रमुख हुन् । विवाह लगतै सुथिदालाई रानीको पदावी दिइएको छ ।

विवाह राजपत्रमार्फत घोषणा गरिएको थियो । राज्यभिषेकको तीन दिन अघि बुधबार भएको उनिहरुको यो वैवाहिक घोषणाबाट धेरै आश्चर्यमा परेका छन् ।

६६ वर्षे वजिरालंगकर्न  उनका पिता राजा भूमिवोल अदुलयादेजको मृत्युपछि राजा भएका हुन् । ७० वर्षसम्म राजा भएका भूमिवोलको सन् २०१६ अक्टोबरमा मृत्यु भएको थियो ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob