scheduleसोमवार आषाढ़ २२ गते, २०७७

बझाङमा जीप दुर्घटना, सहचालकको मृत्यू


बझाङ, १९ वैशाख । बझाङको थलारा गाउँपालिकामा जीप दुर्घटना हँदा सहचालकको मृत्यु भएको छ ।

थलारा गाउँपालिका–५ को गौमती खोलामा बिहीबार बिहान से१ज १००७ नम्बरको जीप दुर्घटना हुँदा सोही गाउँपालिका–६ का सहचालक १९ वर्षीय टीका भट्टराईको घटनास्थलमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक सूर्यबहादुर केसीले जानकारी दिए।

दुर्घटनापछि जीप चालक कमल साउँद फरार छन् । विवाहको सामान पुर्‍याएर फर्कने क्रममा जीप दुर्घटना भएको हो । जीप सडकबाट करीब २५० मिटर तल खसेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ । रासस

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय