scheduleबुधवार कार्तिक २७ गते, २०७६

पार्टी एकीकरणबारे छलफल गर्न चार पार्टीका शीर्ष नेता नयाँ शक्ति मुख्यालयमा


काठमाडौं, १९ वैशाख । सरकारमा रहेको स‌ंघीय समाजवादी फोरम र प्रतिपक्षी दल नयाँ शक्तिबीच पार्टी एकताको चर्चा चलिरहेको बेला विहीबार थप दुई पार्टीका शीर्ष नेताहरुबीच छलफल चलेको छ ।

नयाँ शक्ति पार्टी, नेपालको कार्यालयमा विहीबार भएको छलफलमा पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति संयोजक डा. बाबुराम भट्टराई, संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, राजपाका नेताहरु महन्थ ठाकुर र राजेन्द्र महतो र राष्ट्रिय जनमुक्ति पार्टीका नेता एमएस थापाबीच छलफल भएको हो ।

फोरम र नयाँ शक्तिको बीच यही वैशाख २३ गते नै एकता हुने चर्चा चलिरहेको बेला नयाँ शक्तिको कार्यालयमा थप दुई पार्टीका नेताहरुले सुरुमा संविधान संशोधनका एजेण्डा मिल्नेहरुबीच ध्रुवीकरण र बिस्तारै तेस्रो ध्रुव निर्माण गर्नुपर्ने सुझाव दिएको नयाँ शक्ति स्रोतले बताएको छ ।

आजको बैठकले सबै दलहरुलाई एकीकरण गर्ने उपयुक्त खाकाको तयारीको जिम्मा डा. भट्टराईले दिने निर्णय भएको बताइको छ ।

बैठक चलिरहँदा फोरम अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादव भने बाहिरिएका थिए । उनी बाहिरिनुको कारणबारे केही खुलाएनन् ।

चार दलका नेताहरुको बैठकपछि यादव र भट्टराई बीच पुनः बैठक हुने बताइएको छ ।

फोरम र नयाँ शक्तिबीच एकताबारे छलफल गर्न दुवै पार्टीले २१ गते केन्द्रीय समितिको बैठक बोलाएका छन् ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage