scheduleआइतवार कार्तिक ३ गते, २०७६
Global IME Bank

नेकपाभित्र जिल्ला कमिटी टुंग्याउन चटारो

काठमाडौँ, २० वैशाख ।  नेपाल कम्युनिष्ट पार्टीभित्र एघार महिनापछि जिल्ला कमिटीको अध्यक्ष र सचिव चयन गरेपनि अन्य सांगठानिक एकता प्रक्रियाले गति लिन सकेको छैन् ।

वैशाख ९ गते ७७ वटा जिल्लाका अध्यक्ष र सचिवको घोषणा गरेको नेकपाले सांगठानिक एकताको बाँकी काम अगाडि बढाउन नसकेको हो । पार्टीको सचिवालय बैठक दुई पटक बसेपनि सांगठानिक एकताको गाँठो फुकाउन सकेको छैन् ।

नेकपाभित्र जिल्ला कमिटीमा रहने सदस्यहरु छनोट, जनवर्गीय संगठनको नेतृत्व, पोलिटब्यूरो गठन, केन्द्रीय विभागहरुको गठनको काम अगाडि बढन सकेको छैन् ।

सचिवालयले जिल्ला कमिटीको पूर्णता दिनको लागि प्रदेश कमिटीको नेतृत्वलाई सर्कुलर जारी गरिएको छ । यस अघि जिल्ला कमिटीमा रहने सदस्यहरुको नामावली तयार भएपनि केही जिल्लामा भने विवाद रहेको थियो । नेपाल समाचारपत्रमा खबर छ ।

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage