scheduleआइतवार कार्तिक ३ गते, २०७६

श्रम स्वीकृतिको काम छिटो गरीदिन्छु भनी नगद लिने गैरे प्रहरी खोरमा


काठमाडौं, २० बैशाख । श्रम स्वीकृतिको काम छिटो गरिदिन्छु भनी सेवाग्राहीबाट नगद २ हजार रुपैयाँ लिने एक व्यक्ति पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-१३ बाफल बस्ने पाल्पा खानीगाउँ घर भएका ४० वर्षीय पिताम्बर गैरे बिहीबार दिउँसो पक्राउ परेका हुन् ।

ताहाचलस्थित श्रम तथा बैदेशिक रोजगार कार्यालय बाहिर पानी बिक्री वितरण गरी हिंड्ने गैरेले श्रम स्वीकृतिको लागि लाईनमा बसेका दुईजना सेवाग्राहीलाई छिटो काम गरिदिन्छु भनी प्रलोभनमा पारेर उनीहरुबाट जनही १/१ हजार रुपैयाँ नगद लिएको प्रहरीले जनाएको छ ।

श्रम तथा वैदेशिक रोजगार कार्यालय परिसरमा ड्युटीमा खटिएको प्रहरी र श्रम कार्यालयका कर्मचारीले फेला पारेपछि उनलाई पक्राउ गरिएको प्रहरीले स्पष्ट पारेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage