scheduleबुधवार मंसिर ४ गते, २०७६

नयाँ शक्ति र फोरमको एकतामा यसरी तगारो बन्दैछ ‘सरकार’


काठमाडौं, २० वैशाख । संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबीचको एकता तत्कालको लागि नहुने सम्भावना बढेको छ ।

शुक्रबार नयाँ शक्ति मुख्यालयमा सम्पन्न सचिवालयको बैठकमा पार्टीका संयोजक डा. बाबुराम भट्टराईले तत्काल एकता हुने सम्भावना टरेको ब्रिफिङ गरेका हुन् । उनले बैठकमा हतारमा एकता गरेर पछि पछुताउनुभन्दा परिपक्व ढंगले एकता गर्नेभन्दै मन्तव्य राखेका बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

भट्टराईको भनाईलाई उद्धृत गर्दै एक नेताले भने, ‘हतारमा एकता गरेर पछि पछुताउनुभन्दा केही समय लिएर अलि परिपक्व भएपछि मात्र एकता गर्नु राम्रो हुन्छ ।’ उनले एकताको लागि संघ र प्रदेश सरकार तगारो बनेर अगाडि आएको बताएका ती नेताले बताए ।

‘बलियो प्रतिपक्षको आवश्यकतामा टेकेर तेस्रो ध्रुव अर्थात् कांग्रेस र कम्युनिष्टहरुको विकल्प भन्ने अभियान अहिले सरकारमा गएर सम्भव छैन,’ उनले भने, ‘उपेन्द्रजीहरु सरकारमा जाँदा प्रदेश सरकारसहितका बिषयमा डिल भएको बुझिएको छ । त्यसैले उहाँहरु सरकार छाड्नेबारेमा अप्ठेरो महसुस गरिरहनु भएको छ ।’

चुनाव अगाडि भने धेरै शक्तिसँग एकता हुने सम्भावना बढेको उनले बैठकमा ब्रिफिङ गरेका ती नेताले बताए ।

पछिल्लो समय वार्तामा सहभागी दोस्रो तहका नेताहरुले दस्तावेज र संगठनात्मक संरचनाबारे छलफल र आफ्नो अडान प्रस्तुत गरिरहेको पनि बैठकमा जानकारी गराइएको थियो ।

बैठकमा सहभागी कतिपय युवा नेताहरुले जनस‌ंवाद यात्रापछि चुलिएको पार्टीको साखलाई निरन्तरता दिनुपर्नेमा परम्परागत र क्षेत्रीय शक्तिसँग एकताको कुरा गरेर पार्टीका नेताहरुले अर्को गल्ती गरेको भन्दै आलोचना गरेका थिए । ‘पुराना पार्टीहरु बिग्रने क्रम उत्कर्षमा पुगिरहेको बेला भरपर्दो र विश्वाशिलो वैकल्पिक शक्ति निर्माण गर्नेक्रममा नेताहरुको धैर्यता देखिएन,’ एक प्रदेश संयोजकले भने, ‘वाम एकतामा जाने हतारोजस्तै फोरम र राजपासम्मका शक्तिसँग एकताको चर्चा चलाएर युवा पंक्तिलाई विकर्षित गराउने नेताहरुको भूमिका आलोचनायोग्य छ ।’

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage