scheduleबुधवार कार्तिक २७ गते, २०७६

यसरी टुंगियो नयाँ शक्ति र फोरमबीच एकता


काठमाडौं, २१ वैशाख । नयाँ शक्ति पार्टी, नेपाल र संघीय समाजवादी फोरमबीच पार्टी एकता गर्ने सहमति बनेको छ ।

शुक्रबार नयाँ शक्तिको केन्द्रीय कार्यालयमा मध्यरातसम्म चलेको छलफलले एकताकालागि बाँकी विषयहरू टुंग्याएको हो । एकीकृत पार्टीको नाम समाजवादी पार्टी नेपाल रहने सहमति भएको नयाँ शक्तिका प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेले जानकारी दिए । पार्टीमा पहिलो वरियताको अध्यक्ष भट्टराई रहनेछन् भने दोस्रो वरियतामा यादव रहनेछन् ।

भट्टराई संघीय समितिको अध्यक्ष र यादव केन्द्रीय समितिको अध्यक्ष रहनेछन् । शनिबार दुवै पार्टीका केन्द्रीय समितिको बैठक बोलाएका छन् । बैठकमा दुवै पार्टीले केन्द्रीय समिति भंग गर्नेछन् ।

सोमबार अर्थात् वैशाख २३ गते एकता घोषणासभा नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरिने पाण्डेले जानकारी दिए । घोषणासभापछि नयाँ केन्द्रीय समिति गठन गरिने बताइएको छ ।

सहमतिपत्रमा शनिबार बिहान ११ पछि बजे नयाँ शक्ति पार्टी, कार्यालयमा हस्ताक्षर हुने कार्यक्रम रहेको छ । हावाहुरी प्रभावित क्षेत्रमा गएका यादव काठमाडौं फर्कनासाथ सहमतिमा हस्ताक्षर हुनेछ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage