scheduleआइतवार श्रावण ५ गते, २०७६

बलात्कार आरोपमा श्रीमान् विरुद्ध श्रीमतिको जाहेरी

धादिङ, २१ वैशाख । आफूलाई श्रीमान्ले बलात्कार गरेको भन्दै एक महिलाले जिल्ला प्रहरी कार्यालय धादिङमा जाहेरी दर्ता गराएका  छन् ।

धादिङका एक २५ वर्षीया महिलाले श्रीमान्विरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएका  हुन् । तीन वर्षदेखि आफूमाथी श्रीमान्ले जबरजस्ती शारीरिक सम्पर्क गरेको र बैशाख १३ गते राती जबरजस्ती गरी शारीरिक चोटसमेत पुर्‍याएको जाहेरीमा उल्लेख रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

श्रीमान्ले पटकपटक अमानविय र क्रुर व्यवहार गरिरहेकाले आफूले प्रहरीमा जाहेरी दिएको पीडितले बताएका छन् । जाहेरी दर्तापछि पीडितको जिल्ला अस्पताल धादिङमा स्वास्थ्य परिक्षण र उपचार गरिएको छ । आरोपित फरार रहेको र खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob