scheduleबुधवार कार्तिक २७ गते, २०७६

नयाँ शक्ति र फोरमबीच एकता गर्ने सहमति, रिसाउँदै निस्किए राजपा

काठमाडौं, २१ वैशाख । नयाँ शक्ति पार्टी, नेपाल र संघीय समाजवादी फोरमबीच एकता गर्ने सहमति भएको छ ।

शनिबार साढे एक बजे नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई र फोरमका अध्यक्ष उपेन्द्र यादवले पार्टी एकीकरण गर्ने सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।

नयाँ शक्ति र फोरमबीच एकताको सहमति हुने खबर पाएपछि राजपाका नेताहरु महन्त ठाकुर, राजेन्द्र महतो, शरदसिंह भण्डारीहरु एकताको लागि नयाँ शक्ति पार्टी, कार्यालय आएका थिए । आफूहरु पनि सहमतिमा आउने र तीन पार्टी एकता गर्ने प्रस्ताव सम्भव नभएपछि उनीहरू रिसाउँदै फर्किएको नयाँ शक्ति स्रोतले बताएको छ ।

के छ सहमति पत्रमा-

विगत केही समयदेखिको व्यापक छलफल र विचार विमर्शपछि सङ्घीय समाजवादी फोरम, नेपाल र नयाँ शक्ति पार्टी, नेपालबीच पार्टी एकीकरण गरी समाजवादी पार्टी, नेपाल पार्टी निर्माण गर्ने ऐतिहासिक सहमति भएको छ । समाजवादी पार्टी, नेपालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै नेपाली समाजमा विद्यमान जातीय, वर्गीय, लैङ्गिक र क्षेत्रीय असमानता, विभेद र शोषणको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको समृद्धिका लागि भूमिका निर्वाह गर्नेछ । २०७६ वैशाख २३ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक विशेष कार्यक्रममार्फत् ‘समाजवादी पार्टी, नेपाल’को घोषणा गर्न सहमत भएका छौँ ।

संयोजक
 डा.बाबुराम भट्टराई
नेपाल नयाँ शक्ति पार्टी, नेपाल

 

अध्यक्ष

उपेन्द्र यादव

संघीय समाजवादी फोरम, नेपाल

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage