scheduleबिहिवार भाद्र ५ गते, २०७६

प्रिमियर लिगमा टोटनहमलाई अर्को झट्का

काठमाडौँ, २२ वैशाख । गएराति भएको प्रिमियर लिगमा टोटनहमलाई अर्को झट्का लागेको छ ।

पछिल्लो समय प्रिमियर लिगमा खराब खेल प्रदर्शन गर्दै आइरहेको टोटनहमलाई एफएफसी बोर्नेमाउथले १-० गोलले पराजित गरेको छ ।

यो हारसँगै टोटनहम शिर्ष चारमा स्थान बनाउन कठिन हुने देखिएको छ ।

खेलको ४३ औँ मिनेटमा टोटनहमका सन रातो कार्ड खाँदै बाहिरिए ।

खेलको ४८ औँ मिनेटमा जुयन फोयथले रातो कार्ड पाए ।

९ जना खेलाडीमा सिमित बनेको टोटनहमविरुद्ध बोर्नेमाउथका लागि नथान एकले खेलको अन्तिम समयमा गोल गरे ।

यो जितसँगै बोर्नेमाउथको ३७ खेलबाट ४५ अंक भएको छ । तेस्रो स्थानमा रहेको टोटनहमको ७० अंक रहेको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage