scheduleशुक्रवार भाद्र ६ गते, २०७६

लिभरपुल पुनः शिर्षस्थानमा उक्लियो, म्यानचेस्टर सिटीमाथि दबाब

काठमाडौँ, २२ वैशाख । गएराति भएको प्रिमियर लिगमा लिभरपुलले न्युक्यासल युनाइटेडविरुद्ध कठिन जित निकाल्न सफल भएको छ ।

न्युक्यासलको घरेलु मैदानमा भएको खेलमा लिभरपुलले ३-२ गोलको जित हात पार्न सफल भएको हो ।

लिभरपुलका लागि भिर्जिल भ्यान ड्याकले गोल गर्दै अग्रता दिलाएका थिए ।

तर, न्युक्यासलका लागि क्रिस्टियन अस्तुले बराबरी गोल फर्काए । खेलको २८ औँ मिनेटमा मोहमम्द सलाहले गोल गर्दै पुनः लिभरपुललाई अग्रता दिलाए ।

तर, खेलको ५४ औँ मिनेटमा सलोमन रोण्डनले गोल गर्दै बराबरी गोल फर्काए । यस सिजन उपाधि होडमा रहेको लिभरपुलका लागि खेल जित्नै पर्ने दबाब रहेको थियो ।

खेलको ८३ औँ मिनेटमा डिभोग ओरिगीले गोल गरे । यो जितसँगै लिभरपुल पुनः शिर्षस्थानमा उक्लिएको छ । लिभरपुलको ३७ खेलमा ९४ अंक भएको छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ९२ अंक रहेको छ । न्युक्यासलको ४३ अंक रहेको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage