scheduleबिहिवार भाद्र ५ गते, २०७६

कपिलवस्तुमा पनि भेटियो सिकलसेल एनिमिया, यस्ता छन् लक्षणहरु

कपिलवस्तु, २२ वैशाख । थारु समुदायमा मात्रै देखिने सिकलसेल एनिमिया कपिलवस्तुमा पनि देखिएको छ । कपिलवस्तुको वाणगंगा नगरपलिकामा ३ जना सिकलसेलका बिरामी भेटिएका हुन् ।

नगरको धनकौली, बोर्डगाउँ र चम्कीपुरमा गरी ३ जना सिकलसेलका बिरामी भेटिएका नगर स्वास्थ्य शाखा प्रमुख कृष्ण घिमिरेले जानकारी दिए । रोगको परीक्षणबाट ३ जना प्रभावित भएको पत्ता लागेको उनले बताए ।

मानिसको शरीरमा रगतको कमी हुनु, रक्तअल्पता हुनु र हसिया आकारको रक्तकण बन्नु नै सिकलसेल हो । यो रोग लागेपछि विस्तारै शरिरका विभिन्न अगंहरुले काम गर्न छोड्नुका साथै रोग लागेपछि करिव १० देखी १५ वर्षपछि मात्र आफूलाई सिकलसेल रोग लागेको थाहा पाउन सकिने चिकित्सकहरुको भनाइ छ ।

 

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage