scheduleबुधवार आषाढ़ ११ गते, २०७६

दरवन्दी अनुसारको स्वास्थ्यकर्मी नहुँदा समस्या

तेह्रथुम, २२ वैशाख । जिल्ला आयुर्वेद अस्पतालमा दरवन्दी अनुसारको स्वास्थ्यकर्मी नहुँदा बिरामीलाई समस्या भएको छ । पछिल्लो समय आयुर्वेद उपचारका लागि बिरामीहरु जान थालेपनि स्वास्थ्यकर्मी नहुँदा भने समस्या भएको हो । आयुर्वेद पद्धतीबाट उपचार गराउदा रोग चाँडो निको हुने, बल्झीने समस्या र अन्य प्रभाव समेत नहुने भन्दै बिरामी त्यसतर्फ आकर्षित हुँदै गएका छन् ।

विभिन्न ३० प्रकारका रोगको उपचार गर्दै आएको जिल्ला आयुर्वेद औषधालय तेह्रथुममा दैनिक २५ जना भन्दा बढी बिरामी उपचारका लागि आउने गर्छन् । तर दरवन्दी अनुसारका डाक्टर, कवीराज र वैद्य नहुँदा उपचारमा समस्या भएको कार्यालय प्रमुख डाक्टर राजकुमार मिश्रले बताए ।

स्वासप्रश्वास, दम, अमलपित्त, ग्याष्ट्रिक, मधुमेह, जण्डिस, रक्तचाप, वाथ, छालाजन्य रोग, मुत्रजन्य रोग, नाक, कान, घाँटी, पायल्स्, पिनास, हातखुट्टाका जोर्नी दुख्ने लगायतका रोगबाट प्रभावित बिरामीले आयुर्वेदिक उपचार पद्धती रोज्ने गरेका डाक्टर मिश्रले बताए । सात जना आयुर्वेद स्वास्थ्यकर्मीको दरवन्दी रहेको जिल्ला आयुर्वेद औषधालयमा लामो समय देखी एकजना डाक्टर र एक जना कवीराज मात्रै काम गरिरहेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob