scheduleबुधवार श्रावण १ गते, २०७६

भाजपा नेताको गोली हानी हत्या


श्रीनगर, २२ वैशाख । अपरिचित बन्दुकधारीहरुले भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) का एक जना स्थानीय नेताको हत्या गरेका छन् । भारत नियन्त्रित काश्मिरस्थित घरमै रहेका बेला उहाँमाथी आक्रमण भएको प्रहरी अधिकारीहरुले आइतबार जानकारी दिएका छन् ।

उनीहरुका अनुसार स्थानीय ७० वर्षीय गुलाम मोहम्मद मिरको हत्या भएको हो । उहाँ अनन्तनाग जिल्लाको भाजपाको उपाध्यक्ष हुनुहुन्थ्यो । घटनास्थल काश्मिरको राजधानी श्रीनगरबाट झण्डै ८६ किलोमिटर टाढा पर्दछ । ‘राती अवेर जवरजस्ती घरभित्र पसेका व्यक्तिले मिरमाथी प्रहार गरेको पाईयो,’ एक प्रहरी अधिकारीहरुले सिन्ह्वासँग भने ।

आक्रमणपछि सख्त घाइते हुनुभएका मिरलाई तत्काल नजिकैको प्राथमिक स्वास्थ्य केन्द्रतर्फ लगिएको भएपनि उहाँको बाटोमै मृत्यु भएको बताइएको छ । प्रहरीले विद्रोही लडाकूहरु हत्यामा संलग्न भएको हुन सक्ने आशंका गरेको छ । यस क्षेत्रमा बेला बेलामा यस्ता हत्याका घटना हुदै आएका छन् । सिन्ह्वा

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob