scheduleमगलवार आश्विन २८ गते, २०७६

उमेर नपुग्दै विवाह

 

लम्की, २३ वैशाख । कैलालीमा वादी र राजी समुदायको बसोबास छ । अल्पसङ्ख्यक राजी र पिछडिएको वादी समुदायमा अधिकांशको बालविवाह हुन्छ । टीकापुर नगरपालिकाको ज्योतिनगरमा राजी र वादीको बस्ती छ । त्यहाँ बस्ने धेरै किशोरीको उमेर नपुगेरै विवाह हुन्छ । विवाहको अन्तर हेर्दा त्यहाँ हिजोको चलन र आजको चलनमा केही फरक छैन । त्यहाँ १६ वर्षदेखिका किशोरी आमा छन् ।

आठ कक्षा पढ्दै गरेकी राजी किशोरीले १७ वर्षको उमेरमा विवाह गरिन् । १९ वर्षमा छोरा जन्मियो, परिपक्व नभएर सन्तान जन्माउँदा उनको बच्चा अस्वस्थ जन्मियो । “बालविवाहका कारण बच्चा कम तौलको जन्मियो, बच्चालाई पाँच दिन सघन उपचार कक्षमा राख्नुप¥यो । अहिले पनि बच्चा कमजोर छ”, उनी भन्छिन्, “बालविवाहका कारण मलाइ ढाड दुख्ने समस्या छ, म धेरै काम गर्न सक्दिनँ ।”

सोह्र वर्षमा विवाह गरेकी अर्की राजी बालिकाका पनि हाल दुई बच्चा छन् । पहिलो सन्तान १७ वर्षमा जन्माएकी यी किशोरीका दुइटै बच्चा परिवारले हुर्काए । “सानै उमेरमा विवाह गर्दा पाठेघरमा समस्या छ, नियमित औषधि खान्छु, अन्य स्वास्थ्य समस्या पनि शुरु भएको छ”, उनी थप्छिन्, “मेरो केही कमाइ छैन । सासू ससुरासँग मागेर गुजारा चलेको छ । बच्चालाई कसरी राम्रो शिक्षा दिने भन्ने चिन्ता छ ।”

स्वयंसेविका जानकी सारु मगर ज्योतिनगर गाउँमा १८ जना २० वर्षमुनिका गभर्वती महिला रहेको बताउछिन् । उनी १६ वर्षमाथिका किशोरी आमा बन्ने अवस्थामा रहेको बताउँदै भन्छिन्, “बालविवाहले आमा र बच्चाको स्वास्थ्यमा गम्भीर असर गर्छ । धेरै किशोरी आमा कमजोर छन् ।” स्वयंसेविका मगरका अनुसार राजी र वादी बस्तीमा किशोरी २० वर्ष पुग्नै पाउँदैनन् । किशोरी महीनावारी भएपछि यहाँ विवाहको कुरा चल्छ । अभिभावक सचेत भएका छैनन् ।

ज्योतिनगर गाउँमै जनज्योति आधारभूत विद्यालय छ, जहाँ कक्षा ८ सम्म पढाइ हुन्छ । ज्योतिनगरमा रहेका अल्पसङ्ख्यक राजी र पिछडिएको वादी समुदायका बालबालिका यहीँ पढ्छन् । कक्षा ८ पढिसकेपछि धेरै किशोरीको बालविवाह हुन्छ । बालविवाह रोक्न विद्यालयले हरेक साताको शुक्रबार जनचेतामूलक कार्यक्रम गर्ने योजना बनाएको विद्यालयका शिक्षक शङ्कर न्यौपानेले बताए ।

राजी समुदायका अगुवा चित्रबहादुर राजी बालविवाह न्यूनीकरणका लागि जनचेतना वृद्धि गर्न नसकेकै कारण बालविवाह कायम रहेको बताउँछन् । “राजी शाल्क समाजले जनचेतना जगाउने कार्य त गरेको छ तर गरीबीका कारण बालविवाहलाई रोक्न सकिएको छैन”, उनले भने । अल्पसङ्ख्यक लोपोन्मुख जाति राजी समुदाय विस्तारै आफ्नो पुख्र्यौली पेशा छोडेर रोजीरोटीमै लागेकाले अझै गरीबी घट्न नसकेको र शिक्षामा पछाडि रहेको उनी बताउँछन् ।

राजी अगुवा चित्रबहादुरका छोराको पनि बालविवाह भएको हो । उनका छोराले प्रेम विवाह गरेपछि पढाइ बिग्रन्छ भन्दै छोरा र बुहारीलाई अलग अलग राखे । हाल उहाँका छोरा इञ्जिनीयर र बुहारी आइएससीएजी पढ्दैछन् । यी राजी समुदायका उदाहरणीय दम्पतीमात्र हुन् जसले विवाहपछि पढ्ने वातावरण पाए ।

राजी बस्तीमा अझै पनि बालविवाह परम्पराका नाममा हुँदै गइरहेको छ । त्यसमाथि अझ प्रेम विवाहका नाममा पनि बालविवाह घट्न सकेको छैन । टीकापुर नगरपालिका–१ का वडासदस्य इन्द्रप्रसाद चपाई बालविवाह रोक्न अभिभावक सचेत बन्नुपर्ने बताउँछन् । कानूनले बालविवाहलाई दण्डनीय मानेकाले सचेत हुन आग्रह गर्दै भन्छन्, “उमेर नपुगी विवाह दर्ता गर्न आएमा हामी सहयोग गर्न सक्दैनौँ । तपाईंका बालबालिकाले कानूनी अधिकार पाउन कठिन छ ।”

विगतमा जङ्गलका गिठ्ठा, भ्याकुर, तरुल खाने, माछा मारेर जीविका चलाउने राजी परिवारको अहिले काम भने फेरिएको छ । हाल उनीहरुको रोजीरोटी र खानपान पनि बदलिएको छ । हाल राजी समुदायका पुरुष मजदूरी गर्ने, भारत गई कमाउने गर्छन् भने महिला बाख्रा पाल्ने, तरकारी खेती र मजदूरी गर्ने काम गर्छन् ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage