scheduleबुधवार मंसिर ४ गते, २०७६

फोरम र नयाँ शक्तिबीचको औपचारिक पार्टी एकता आज

काठमाडाैं, २३ वैशाख । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालबीच आज औपचारिक पार्टी एकता हुँदैछ । वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने भन्दै यी दुई पार्टीबीच दुई दिन पहिले नै एकिकरणका लागि भन्दै सहमति पत्रमा हस्ताक्षर भइसकेको छ ।

मधेस आन्दोलनबाट उदाएको फोरम र माओवादी युद्धबाट स्थापित भएर बनेको नयाँ शक्ति नेपालबाट ‘समाजवादी पार्टी नेपाल’ पार्टी घोषणा गरिनेछ । कमलादी स्थित प्रज्ञा भवनमा आज एक समारोहकाबीच पार्टी एकिकरणको औपचारिक घोषणा गरिनेछ । पार्टीका वरिष्ठ नेता अशोक राईले कुराकानी गर्दै पार्टीको नेतृत्व सामुहिक स्वरुपको हुने जानकारी दिए । उनले मुलुकको तेस्रो सशक्त शक्तिको रुपमा अघि बढ्न पार्टी एकिकरण गरिएको बताए ।

राईले पार्टी एकिकरणको केहि समयपछि नै राजपा नेपालसँग पनि पार्टी एकिकरणको पहल सुरु हुने जानकारी दिए। संघीय परिषद्को अध्यक्ष बाबुराम भट्टराई र कार्यकारी निकाय केन्द्रीय समितिको अध्यक्ष उपेन्द्र यादव रहनेपनि उनले बताए । फोरमबाट १६ जना र नयाँ शक्तिबाट ९ जना गरी एकीकृत दलमा पदाधिकारी २५ जना हुनेछन् । जसअनुसार वरिष्ठ नेता, सहअध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिव राखिनेछ

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage