scheduleआइतवार भाद्र ८ गते, २०७६

लेइसेस्टर सिटीले पनि म्यानचेस्टर सिटीलाई रोक्न सकेन

काठमाडौँ, २४ वैशाख । गएराति भएको प्रिमियर लिगमा म्यानचेस्टर सिटीले लेइसेस्टर सिटीलाई १-० गोलले पराजित गरेको छ ।

यो जितसँगै म्यान सिटी लिगको शिर्षस्थानमा उक्लिएको छ ।

साथै यस सिजनको प्रिमियर लिग थप रोमाञ्चक बनेको छ ।

प्रिमियर लिग उपाधि कसले जित्ने त्यसका लागि अन्तिम खेलको नतिजा कुर्नुपर्ने भएको छ ।

खेलको ७० औँ मिनेटमा भिनसेन्ट कम्पनीले गरेको गोल नै म्यान सिटीका लागि खेल जित्न काफी रह्यो ।

घरेलु मैदानमा भएको खेलमा लेइसेस्टर गोल गर्न चुकेको थियो । यो जितसँगै म्यान सिटीको ३७ खेलमा ९५ अंक जोडेको छ । लिभरपुलको ९४ अंक रहेको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage