scheduleसोमवार भाद्र २ गते, २०७६

विद्या र ओलीको तस्विर दुरुपयोगको आरोपमा प्रधानाध्यापक पक्राउ

सिन्धुपाल्चोक, २४ वैशाख । फटकशिला माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा शिक्षक महासङ्घ सिन्धुपाल्चोकका सचिव ईश्वर चौलागाईं साइबर क्राइमअन्तर्गत पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यलय मेलम्चीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीको तस्वीर दुरुपयोग गरी आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजानिक गरेको आरोपमा उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यलय मेलम्चीका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिए ।

अभियुक्त चौलागाईंलाई आजै महानगरीय अपराध माहाशाखामा बुझाइने बताइएको छ । रासस

 

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage