scheduleबुधवार फाल्गुन ७ गते, २०७६

मकैबाट घर बसीबसी ‘यात्रा’ हेर्न पाइने

काठमाडौं, २४ वैशाख । सलिनमान बनिया स्टारर फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ लाई अनलाइन हेर्न पाइनेछ । यसलाई पहिलो चरणमा अमेरिकाबाट रिलिज गरिएको छ ।

नेपालमा गत चैत्र २९ मा रिलिज भएको फिल्मलाई दर्शकले रुचाएका थिए । ‘हामीले अनलाइन मार्फत रिलिज गर्ने निर्णय गरेका छौं,’ प्रस्तुत्कर्ता चिजकुमार श्रेष्ठले भने, ‘हामीले एप मार्फत रिलिज गरेका छौं, अमेरिकापछि अस्ट्रेलिया तथा युरोपमा पनि रिलिज गर्दैछौ ।’

श्रेष्ठले यसले नेपाली फिल्म निर्मातालाई पनि सहयोग पुग्ने बताए । ‘हामीले आउँदा दिनमा अन्य फिल्म मार्फत पनि सहकार्य गर्न सक्छौ’ उनले भने ‘यात्राबाट सुरुवात गरेका छौ ।’ यसअगाडि पनि मकै एपसँगको सहकार्यमा क्रिज कन्टेस्ट आयोजना गरेको थियो । यस लिंकमा क्लिक गरी फिल्म हेर्न सकिनेछ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय