scheduleआइतवार भाद्र १ गते, २०७६

३० रुपैयाँ दिएर बालिका बलात्कार गर्न खोज्ने युवक पक्राउ


म्याग्दी, २४ वैशाख । म्याग्दीको रघुगंगा गाउँपालिका–४, दग्नामका एक युवकलाई प्रहरीले बलात्कार प्रयासको अभियोगमा पक्राउ गरेको छ । पाँच वर्षीया बालिकालाई जबरजस्ती करणीको प्रयास गर्ने ३२ वर्षीय निलप्रसाद पुनलाई जबरजस्ती करणीको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

उनले सोमबार अन्दाजी साढे ३ बजेको समयमा घरमा एक्लै भएको मौका छोपी बालिकामाथि बलात्कार प्रयास गरेको बालिकाको आफन्तको आरोप छ । बालिकालाई ललाइफकाई ३० रुपैयाँ दिएर प्रलोभनमा पारी शौचालयमा लगेर बालिकाले लगाएको कपडा र आफ्नो समेत पाइन्ट खोलेको अवस्थामा बालिकाका आफन्तले प्रतिकार गरेका थिए । सोही क्रममा बालिका रोएको आवाज सुनेर उनका दाजु शौचालय जाँदा पुनले दाजुलाई पनि लात्ताले हानेको र अभिभावकले थाहा पाएपछि आरोपित पुन फरार भएका थिए ।

प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माका अनुसार फरार रहेका आरोपित पुनलाई प्रहरीले पक्राउ गरी पीडित बालिकाको आमाले दिएको जाहेरीका आधारमा जबरजस्ती करणी उद्योग मुद्दामा म्याग्दी जिल्ला अदालबाट पहिलोपटक ३ दिनको म्याद थपेर अनुसन्धान कार्य अगाडि बढाइएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage