scheduleबुधवार कार्तिक २७ गते, २०७६

सीमा मै सीमित भयो पार्टी प्रवेश, प्रचण्ड जिल्लिए


काठमाडौँ, २५ वैशाख । राष्ट्रिय जनमुक्ति पार्टीबाट पूर्व संविधानसभाकी सदस्य सीमा विक नेकपामा प्रवेश गरेकी छिन् । उनी पछिल्लो समय उनी नयाँ शक्तिमा प्रवेश गरेकी थिइन् । नयाँ शक्तिमा केन्द्रीय सदस्यको जिम्मेवारी पाएकी उनी पछिल्लो समय निष्क्रिय रहेको तत्कलीन नयाँ शक्तिका एक नेताले जानकारी दिए ।

धुम्बाराहीस्थित नेकपाको मुख्यालयमा आयोजित कार्यक्रममा विकलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव विष्णु पौडेलले स्वागत गरे ।
पार्टी प्रवेश कार्यक्रममा बोल्दै प्रचण्डले एकता प्रक्रियामा एक कदम अघि बढिएको भन्दै पोलिटब्यूरो, जनवर्गीय संगठन र कार्यविभाजन एकदुई दिनभित्रै टुंग्याइने जानकारी दिए ।

नयाँ शक्तिबाट ठूलो संख्यामा पूर्वमाओवादीहरु नेकपा प्रवेश गर्ने खबर गरिएपछि उत्साहित भएका प्रचण्ड सीमा मात्रै आएपछि जिल्लिएका छन् । उनले अपरिपक्व र झूटो खबर ल्याएको भन्दै उनले नेताहरुलाई गाली गरेको नेकपा स्रोतले बतायो ।

फोरम र नयाँ शक्ति एकीकरण हुने खबर आउनासाथ प्रचण्डले पूर्व नयाँ शक्तिका नेताहरुलाई असन्तुष्ट नेताहरुलाई नेकपामा ल्याउन पहल गर्न निर्देशन दिएका थिए । नयाँ शक्तिका संस्थापक रहेका खिमलाल देवकोटा लगायतका नेताहरुले केही दिनदेखि नयाँ शक्तिका नेताहरुलाई फोन सम्पर्क बाक्लो बनाउँदै आएका थिए ।
बुधबार बिहानैदेखि नयाँ शक्तिका नेताहरु देवेन्द्र पराजुली, कल्पना धमला, मदन राई, भक्तबहादुर शाह लगायतका नेताहरु नेकपा फर्कने भन्दै चर्चा चलाएका थिए ।

चर्चा चलाइएका पात्रहरुमध्ये पूर्वसांसद ज्ञानेन्द्र कुमालले अर्को पार्टीमा जानेबारे सोच्न पनि नसक्ने बताएका छन् । नेता देवेन्द्र पराजुलीले केही मिडियाहरुले आफू लगायत नेताहरुको नाम जोडेर प्रचार गरिएकोप्रति आपत्ति जनाएका छन् । साझापोस्टसँग कुरा गर्दै पराजुलीले भने, ‘अनुमानको भरमा खबर सम्प्रेषण गर्न काम भइरहेको छ । हामी वैकल्पिक राजनीतिमार्फत् देशलाई समृद्धिसम्म लैजाने कामका लागि यही पार्टीलाई रुपान्तरण गर्दै अगाडि बढ्छौं ।’

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage