scheduleआइतवार जेष्ठ ५ गते, २०७६

नक्कली खुट्टा लगाएपछि खुसीले यसरी नाँचे बालक (भिडियो)


काबुल, २६ वैशाख । अहमद सैय्यद रहमान ८ वर्षका हुँदा अचानको उनको खुट्टामा गोली लाग्यो र डाक्टरले एउटा खुट्टा काटिदिए ।

घटनापछि उनका परिवारले धेरैपटक उनलाई नक्कली खुट्टा लगाइिदए तर कहिल्यै भनेजस्तो काम गरेन । यसपटक डाक्टरले उनको खुट्टाकै अपरेशन गरे र कृत्रिम खुट्टा हाल्ने काम सफल भयो ।

जब कृत्रिम खुट्टा लगाइयो, तब डाक्टरले उनलाई हलचल गर्न भने । अनि अहमदलाई लाग्यो अब म ठिक ठाक भएँ । उनी खुसीले उत्साहित भए र र छमछमी नाँच्न थाले । उनी नाँचेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

लाखौं मानिसले हेरेको भिडियोमा हजारौं मानिसले खुसी व्यक्त गरेका छन् । लाग्छ, उनीहरु पनि बच्चाको खुसीसँग सहभागी छन् ।

कृत्रिम खुट्टामा हिंड्न थालेपछि बालकको आमा पनि खुसी भएकी छिन् । उनले अब आफ्नो बच्चा आफ्नै खुट्टामा उभिएर बाँच्न सक्ने भन्दै हर्ष प्रकट गरेकी छिन् ।

घटना सरकार र तालिवानबीचको लडाईंको क्रममा भएको थियो । लडाईंमा परेर अहमद र उनकी बहिनी गम्भीर घाइते भएका थिए । उनको उपचार पछिल्लो चार वर्षदेखि काबुलमा रहेको रेडक्रस सेन्टरमा गरिँदै आएको थियो ।

रेडक्रस सेन्टरका चिकित्सकका अनुसार अहमदलाई हरेक वर्ष नयाँ खुट्टा चाहिन्छ, किनकी उनी हरेक वर्ष बढिरहन्छन् । खुट्टा बढ्नासाथ उनलाई रेडक्रस नयाँ खुट्टा दिनेछ ।

अफगानिस्तानमा जारी युद्धमा २०१८ मा मात्र ३८०४ मानिसले ज्यान गुमाएका छन् । जसमध्ये ९०० त बच्चा मात्रै रहेका छन् । त्यसरी नै ७ हजार भन्दा बढी मानिस गम्भीर घाइते भएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob