scheduleसोमवार भाद्र २ गते, २०७६

ब्राउन सुगरसहित दुई जना नागढुङ्गाबाट समातिए

सांकेतिक तस्बिर

काठमडौं, २५ वैशाख । नेपाल प्रहरीले ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले नेपालगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको ना७ख ३५४८ नंको बस तथा बुटवलबाट काठमाडौँ आउँदै गरेको लु२ख ५७६ नंको बस जाँच गर्दा ब्राउन सुगरसहित बिहिबार काभ्रेका सुमन रेग्मी र रुपन्देहीका सन्दीप गिरीलाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी प्रभाग नागढुङ्गाका प्रमुख प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काका अनुसार झोलामा लुकाई ल्याएको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो । दुवै जनालाई आवश्यक अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त थानकोट पठाइएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage