scheduleशनिवार श्रावण ४ गते, २०७६

विवाह गर्ने भन्दै बालिका बलात्कार गर्ने राई प्रहरी खोरमा


इलाम, २६ वैशाख । जिल्लाको फाकफोकथुम गाउँपालिका ६ का २६ वर्षीय गोपाल राईलाई प्रहरीले पक्राउ गरेको छ । राईलाई १४ वर्षीया बालिकालाई विवाह गर्छु भनेर बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

दुई महिना अघि विवाह गर्छु भन्दै बालिकालाई आफ्नै घरमा लगेर राखेका थिए । उनले बालिकालाई विवाहको प्रलोभनमा बलात्कार गरेको प्रहरीमा खबर परेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

राई विरूद्ध प्रहरीले जिल्ला अदालतमा जबरजस्ती करणी सम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरेको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob