scheduleशनिवार आश्विन ४ गते, २०७६

जहाँ स्थानीय तहमा प्रशासकीय अधिकृत नै छैनन्


बझाङ, २६ वैशाख । बझाङका स्थानीय तह प्रमुख प्रशासकीय अधिकृतविहीन भएका छन् । कर्मचारी समायोजनले कर्मचारी सुरुवा भई अन्य स्थानमा खटाईएपछि यहाँका स्थानीय तह प्रमुख पशसासकीय अधिकृतविहिन भएका हुन् ।

नगरपालिका तथा गाउँपालिकामा प्रशासकीय अधिकृत नहुँदा स्थानीय तह निमित्त प्रशासकीय अधिकृतको भरमा चलीरहेका छन् । निमित्त प्रशासकीय अधिकृतलाई आर्थिक जिम्मेवारी नदिँदा कामकाजमा समस्या भएको गाउँपालिकाका अध्यक्षहरूको गुनासो छ ।

कतिपय गाउँपालिकामा अन्य कर्मचारी पनि नभएका कारण समस्या हुने गरेको छ । कर्मचारी नहुँदा स्थानीय तहको सेवा प्रवाहमा ढिलाई हुने गरेको बुङगल नगरपालिकाका प्रमुख धनबहादुर विष्टले बताए । स्थानीय सरकार सञ्चालन ऐन संशोधनमा संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी सरुवा–बढुवा गरेर अन्य स्थानमा पठाइएकाले अधिकांश स्थानीय तह प्रमुख प्रशासकीय अधिकृतविहीन भएको थलारा गाउँपालिकाका अध्यक्ष भुवनेश्वर उपाध्यायले बताए ।

बझाङको दुर्गाथली, खप्तड छान्ना, बित्थडचिर, साइपाल र केदारस्युँ गाउँपालिकामा हाल नायब सुब्बाले प्रमुख प्रशासकीय अधिकृतको काम गर्दै आएका छन् । लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा योजनाको भुक्तानी लिन समस्या भएको साइपाल गाउँपालिकाका गणेश बोहराको भनाइ छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage