scheduleशनिवार श्रावण ४ गते, २०७६

राजधानीको पानीमा कोलिफर्म भेटियो


काठमाडौं, २६ वैशाख । राजधानीको पानीमा कोलिफर्म भेटिएको छ । हैजा संक्रमण भएका बिरामीको घरबाट संकलन गरिएको पानीमा कोलिफर्म भेटिएको हो ।

काठमाडौं महानगरपालिका–१३ मा संक्रमित बिरामीको घरबाट संकलन गरिएको तीनवटा पानीको नमूना परीक्षण गर्दा कोलिफर्म पाइएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा.वासुदेव पाण्डेले जानकारी दिए ।

पाण्डेका अनुसार पिउने पानीमा कोलिफर्म देखिनु स्वास्थ्यका लागि हानीकारक हो । कोलिफर्म मानवमलमूत्र, घाँसपात एवं अन्य वातावरणमा रहेका हुन्छन् । पिउने पानीमा भिब्रियो कलेराका जीवाणु पाइए मात्र हैजा भएको पुष्टि हुने उनले स्पष्ट पारे । नमूना परीक्षणको क्रममा हैजा भने नपाइएको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob