scheduleशनिवार आश्विन ४ गते, २०७६

भ्रष्टाचार आरोप लागेका पूर्व राष्ट्रपति मिसेलद्वारा आत्मसमर्पण

काठमाडाैं, २७ वैशाख ।  ब्राजिलका पूर्व राष्ट्रपति मिसेल टेमेअरले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् । भ्रष्टाचार अभियोग लागेका राष्ट्रपति टेमेअरले आत्मसमर्पण गरेका हुन् । प्रहरीले टेमेअरलाई साओ पाउलोस्थित संघीय प्रहरीको हिरासतमा राखेको छ ।

पूर्व राष्ट्रपति मिसेल टेमेअरलाई गत मार्च महिनामा पनि चार दिन हिरासतमा राखिएको थियो । तर उनले हालेको बन्दी प्रत्यक्षीकरण रिट जारी भएपछि हिरासत मुक्त भएका थिए । राष्ट्रपति मिसेल विरूद्ध भ्रष्टाचार गरेको, घुस लिएको र आपराधिक सङ्गठनको नेतृत्व गरेको जस्ता कैयौँ अभियोग सहित छ वटा दण्डनीय मुद्दा छन् ।

आफूमाथि लागेका सबै आरोपहरू अस्वीकार गरेका पूर्व राष्ट्रपति टेमेअरले अदालतको आदेश खेदजनक भएको टिप्पणी गरेका छन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage