scheduleआइतवार भाद्र १ गते, २०७६

विप्लव कार्यकर्तालाई लक्षित गर्दै प्रहरीले गोली चलायो


रुकुम पश्चिम, २७ वैशाख । रुकुम पश्चिममा विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका एक कार्यकर्तालाई प्रहरीले गोली चलाएको छ ।

जिल्लाको चौरजहारी नगरपालिका–५ सल्लाबोटबाट नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट युवा संगठनका जिल्ला अध्यक्ष डिल्लीराज शर्मालाई हवाई फायर गर्दै पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार पक्राउ गर्ने क्रममा शर्मा भाग्न खोज्दा प्रहरीले दुई राउन्ड हवाई फायरसमेत गरेको थियो।

शर्मालाई पक्राउ गर्ने क्रममा एकजना प्रहरी घाइते भएका छन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage