scheduleशनिवार श्रावण ३२ गते, २०७६

डढेलोले कञ्चनपुरको वन सखाप

राजेन्द्रप्रसाद पनेरु/कञ्चनपुर, २७ वैशाख । कञ्चनपुरमा डढेलाका कारण ८०० हेक्टर वन क्षेत्रमा नोक्सानी भएको छ । चुरे क्षेत्रका वन क्षेत्रमा डढेलोका कारण अधिक क्षति पुगेको छ । डिभिजन वन कार्यालय कञ्चनपुरका अनुसार हालसम्म भीमदत्त नगरपालिकाको ब्रह्मदेव, बेदकोट, शुक्लाफाँटा, कृष्णपुर र लालझाडी क्षेत्रका वनमा डढेलो लाग्दा पुनः उत्पादन भएका बिरुवा, चराचुरुङ्गी, संरक्षित जनावरको बास नासिएको छ ।

लामो समयसम्म वर्षा नहुँदा वन क्षेत्रमा रहेका झाडी, रुखका सुकेका पातमा आगो सल्किँदा बढी डढेलोको प्रकोप खेप्नुपरेको डिभिजन वन कार्यालय कञ्चनपुरका डढेलो नियन्त्रणको कार्यमा संलग्न रेञ्जर शिवराज अवस्थीले बताए ।

डढेलोका कारण सबैभन्दा बढी लालझाडी गाउँपालिकाको रतसेमा सुकेका सय बढी रुखको टुप्पोसम्म आगो लाग्दा निभाउनका लागि दमकलको प्रयोग गरे पनि नियन्त्रण गर्न नसकिएको उनले बताए ।

हावाहुरीका कारण सुकेका एक रुखको टुप्पोबाट अर्को रुखको टुप्पोमा आगो सल्किँदा निभाउन गाह्रो भएपछि १७ वटा रुख ढालेर नियन्त्रण गर्नुप¥यो रेञ्जर अवस्थीले भने, ‘दुई÷तीन दिनको प्रयासपछि डढेलो नियन्त्रणमा आएको छ ।’

ढालेका रुख सवडिभिजन वन कार्यालयको मातहतमा रहने गरी घाटगद्दीमा राखिएको उनको भनाइ छ । डढेलोबाट बेदकोट नगरपालिका–३ मा रहेको सामुदायिक वनमा टिम्बर कर्पोरेसनले घाटगद्दीमा राखेको काठ र दाउरा जलेर नोक्सानी भएको छ । सुक्खायाम लम्बिँदा डढेलोका घटना बढेका हुन ।

डढेलो नियन्त्रणका लागि नेपाली सेना, डढेलो नियन्त्रण दलले सघाउ पुर्‍याउँदै आएका छन् । डढेलो नियन्त्रणका लागि नेपाली सेनाले पनि साथ दिएको डिभिजन वन कार्यालयका रेञ्जर अवस्थीले भने, ‘डढेलो लागेको खबर आएपछि नेपाली सेनालाई गुर्हाछौँ । जुनसुकै बेला पनि आएर नियन्त्रणमा सघाउ पु¥याउने गरेका छन् ।’

वन कार्यालयले रु दुई लाख खर्चेर फायर प्रुफ ज्याकेट (जम्प सुट), स्वाटर, रेक वे, ब्याग प्याक, मास्क, पञ्जा, हेल्मेटको व्यवस्था गरी ६ वटा डढेलो नियन्त्रण गर्ने टोलीलाई तालीमसहित डढेलो लागेका क्षेत्रमा परिचालन भएका छन् । टोलीको सक्रियताका कारण डढेलो लागेको धेरै वन क्षेत्र जोगाउन सकिएको रेञ्जर अवस्थीले बताए ।

डढेलो नियन्त्रणमा सक्रिय शुक्लाफाँटा नगरपालिका–८ मा रहेको वैजनाथ सामुदायिक वनका अध्यक्ष बहादुरसिंह महरा डढेलोका कारण चुरे क्षेत्रमा व्यापक क्षति पुगेको बताउँछन् । उनका अनुसार ढलापडा रुख समयमै सङ्कलन गर्न नसक्दा धेरै रुख जलेर करोडौँको नोक्सानी भएको छ ।

‘वन क्षेत्रमा संरक्षित जनावरको बासस्थान डढेलोले गर्दा नासिएपछि जनावर बस्ती क्षेत्रमा पुग्न थालेका छन्’, उनले भने, ‘जनावर र मानवीय द्वन्द्व बढ्न थालेपछि जनावर मारिने सम्भावना बढेर गएको छ ।’ विकट चुरे क्षेत्रमा पुग्नै मुश्किल, पुग्न सके पनि हावाहुरी कारण डढेलो नियन्त्रण गर्न निकै गाह्रो हुने गरेको उनको भनाइ छ । चोरी शिकारीले शिकार गर्नेक्रममा, गाईबस्तु चराउने गोठाला, वन क्षेत्र अतिक्रमण गर्ने र माहुरीको मह खोज्नेले वन क्षेत्रमा आगो लगाउँदा डढेलोको प्रकोप निम्तिने गरेको छ ।

वन छेउ छाउका बासिन्दालाई वन क्षेत्रमा डढेलो लाग्नअगावै अपनाउनु पर्ने सावधानीका बारेसमेत सचेतना गर्ने कार्य, वन क्षेत्रमा डढेलो लाग्ने कार्यबाट बचाउन चुरोट, बिँडीका ठुटा खाएर नफाल्ने, लाइटर र सलाइको प्रयोग नगर्न सर्वसाधारणलाई एफएम रेडियो, पत्रपत्रिका र पर्चा पम्पलेटमार्फत सन्देश पु¥याउने कार्य गरिएको छ ।

डिभिजन वन कार्यालयका अनुसार गत वर्ष एक हजार २०० हेक्टर वन क्षेत्रमा डढेलो लागेको थियो । यस वर्षको अहिलेसम्म ८०० हेक्टर वन क्षेत्र डढेलोको चपेटामा परेको छ । यसैगरी, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको वर्कोला र पूर्वी सेक्टर क्षेत्रमा डढेलो लाग्दा चराचुरुङ्गीको बासस्थान, पुनःउत्पादन भएका बिरुवा, बोट बुट्यानमा क्षति पुगेको छ । एक अध्ययनअनुसार वन क्षेत्रमा प्राकृतिक कारणले चार, मानवीय कारणले ६४ र भवितव्यबाट ३२ प्रतिशत डढेलो लाग्ने गरेको छ । रासस

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage