scheduleमगलवार फाल्गुन १३ गते, २०७६

कामदारमाथिको सिन्डिकेट ब्युँताउन दूतावास नै सक्रिया

काठमाडौं, २८ वैशाख । वैदेशिक रोजगारीमा मलेसिया जाने कामदारमाथि वर्षैदेखि भइरहेको ठगीमा संलग्न सिन्डिकेट ब्युँताउने गतिविधिमा नेपालस्थित मलेसियन दूतावास नै सक्रिय भएको छ । विगतमा कामदार ठगीमा संलग्न मेडिकल सिन्डिकेट कायम राख्न दूतावासका कार्यवाहक राजदूत अहमद फादिल स्माइलले कूटनीतिक मर्यादा र दुई देशबीच भएको श्रम समझदारीविपरीत नेपाल सरकारलाई दबाव दिँदै आएका हुन् ।

श्रम समझदारीअनुरुप स्वास्थ्य परीक्षण गर्ने संस्था सूचीकरणको प्रक्रियामा सरकार रहेका वेला ठगीमा संलग्न व्यवसायीलाई नै मान्यता दिएको भन्दै मलेसियन राजदूतले विभिन्न निकायमा पत्राचार गरेका छन् । नयाँ पत्रिका दैनिकमा गोपाल साउदले खबर लेखेका छन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय