scheduleबुधवार आषाढ़ ११ गते, २०७६

अर्थमन्त्रीलाई बाबुरामले भने- सञ्जीवनी होइन, विन्ध्याचल नै ल्याए


काठमाडौं, २८ वैशाख । समाजवादी पार्टी, नेपालका अध्यक्ष तथा पूर्वअर्थमन्त्री डा. बाबुराम भट्टराईले अर्थमन्त्री डा. युवराज खतिवडाले सार्वजनिक गरेको आगामी बजेटका ‘सिद्धान्त र प्राथमिकता’को आलोचना गरेका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराईले शुक्रबार अर्थमन्त्रीले सदनमा प्रस्तुत गरेको आगामी बजेटका सिद्धान्त र प्राथमिकतालाई नीरस निबन्धको संज्ञा पनि दिएका छन् । ‘अर्थमन्त्रीद्वारा संसदमा आज (२७ गते) प्रस्तुत आगामी बजेटका सिद्धान्त र प्राथमिकता हेर्दा अर्धनिद्रामा रहेको मान्छेले हाई काड्दै लेखेको नीरस निबन्ध जस्तो लाग्यो,’ उनले लेखेका छन्, ‘त्यहाँ न सिद्धान्तको प्रष्टता छ न त प्राथमिकताको किटान ।’

उनले हनुमानले सञ्जीवनी बुटी नचिन्दा बिन्ध्याचल नै बोकेको स्मरण समेत रहेका छन् । उनी भन्छन्, ‘हनुमानले विन्ध्याचल पर्वत त ल्याए तर संजीवनी चिनेनन् भने जस्तै ।’

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob