scheduleमगलवार आषाढ़ ३ गते, २०७६

चाउथेमा ट्रकमा मोटरसाइकल ठोकियो, एक युवकको मृत्यू


पोखरा, २८ वैशाख । पोखराको चाउथेमा गएराति ट्रकमा मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको छ । दुर्घटनामा परी एकको मृत्यु भएको छ ।

दुर्घटनामा परी मृत्यू हुनेमा पोखरा–३१ को बेगनासताल बस्ने मोटरसाइकल चालक २५ वर्षीय अजय भट्टराई रहेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार ग १ क २६६६ नं को मिक्चरसँग ग १ प २५८६ नं को मोटरसाइकल ठोक्किँएपछि सो दुर्घटना भएको थियो ।

दुर्घटनामा परी घाइते भट्टराईलाई पश्मिाञ्चल क्षेत्रीय अस्पतालमा भर्ना पछि उपचारको क्रममा मृत्यू भएको हो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob