scheduleमगलवार आश्विन २८ गते, २०७६

बोको हराम विरुद्ध लड्ने सयौं बालबालिका फर्काइए


एजेन्सी, २८ वैशाख । नाइजेरियामा आतंकवादी गतिविधिमा संलग्न हुँदै आएको बोको हराम समूह विरुद्ध लड्ने सशस्त्र समूहका ९ सय बालबालिका घर फर्काइएका छन् ।

युनिसेफका अनुसार बोको हरामविरुद्ध लड्ने समूह सिभिलिएन जोइन्ट टास्क फोर्स सिजेटिभीमा भर्ती भएका बालबालिका घर फर्काइएका हुन् । जसमध्ये १ सय ६ जना किशोरी रहेका छन् ।

नाइजेरियामा आतंकवाद विरुद्ध लड्न सन् २०१३ देखि सिजेटिएफ शसस्त्र समूहको स्थापना भएको थियो । त्यस समूले बोको हरामविरुद्ध लड्न बालबालिकालाई आफ्नो समूहमा भर्ती गर्ने गरेको छ ।

सन् २०१३ देखि २०१७ सम्ममा नाइजेरियामा २५ सय बालबालिका सिजेटिएफमा भर्ती भएको युनिसेफको अध्ययनले देखाएको छ ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage