scheduleशुक्रवार भाद्र ६ गते, २०७६

प्रिमियर लिगको उपाधि कसले जित्ला ?

काठमाडौँ, २९ वैशाख । आज बेलुका प्रिमियर लिगका अन्तिम खेलहरु हुँदैछन् । यस सिजन दुई टोली लिभरपुल र म्यानचेस्टर सिटी प्रिमियर लिग उपाधिका लागि संघर्षरत रहेका छन् ।

म्यानसिटी लिभरपुलभन्दा एक अंकले अगाडि रहेको छ ।

म्यानसिटीले ९५ अंक जोडेको छ भने लिभरपुलले ९४ अंक जोडेको छ ।

अन्तिम खेलमा ब्राइटन होभ एण्ड एल्भियनले सिटीलाई रोक्न सकेमा र लिभरपुलले उल्भरह्यामटनलाई पराजित गर्न सकेमा २९ वर्षपछि लिभरपुलले प्रिमियर लिगको उपाधि जित्ने आशा गरिएको छ ।

यस सिजन उच्च फर्ममा देखिएका यी दुई टोलीको प्रतिस्पर्धा नयाँ इतिहास रचेको छ । ९० अंक कटाएका यी दुवै टोलीमध्ये कसले प्रिमियर लिगको उपाधि जित्छ त्यो भने निकै कौतुहलताको विषय बनेको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage