scheduleशुक्रवार कार्तिक १ गते, २०७६

प्रदेश ५ः मगरात स्वायत्त प्रदेश नामांकरण गर्न ११ लाख हस्ताक्षर


रुपन्देही, २९ वैशाख । नेपाल मगर संघले प्रदेश ५ को नाम मगरात स्वायत्त प्रदेश राख्न माग गरेको छ । प्रदेशको नाम मगरात स्वायत्त प्रदेश राख्न माग गर्दै मुख्यमन्त्री शङ्कर पोखरेललाई ११ लाख ७ सय ३६ जनाको हस्ताक्षर पनि बुझाएको छ ।

प्रदेश ५ मा मगर समुदायको जनसंख्या सबैभन्दा धेरै भएको र आदिमकालीन नामसमेत भएकाले मगरात राख्न माग गरिएको नेपाल मगर संघका केन्द्रीय अध्यक्ष नबिन रोका मगरले जानकारी दिए । संघले रुकुम पूर्वदेखि पाल्पासम्मको मगर समुदायको बाक्लो बस्ती भएका क्षेत्रलाई समेटेर मगरात स्वायत्त क्षेत्र घोषणा गर्नसमेत माग गरेको हो ।

२०६८ को जनगणना अनुसार प्रदेश ५ मा मगरको जनसङ्ख्या ७ लाख एक हजार पाँच सय ८६ छ । मगर संघले प्रदेश ५ को कुल जनसङ्ख्याको १९ प्रतिशत मगर रहेको दावी गरेको छ । रासस

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage