scheduleबिहिवार जेष्ठ २२ गते, २०७७

काठमाडौँका विभिन्न होटल छापा, यौन व्यवसायमा संलग्न १२५ जना पक्राउ

फाइल फोटो

काठमाडौँ, ३० वैशाख । नेपाल प्रहरीले काठमाडौँका विभिन्न भागबाट यौन व्यवसायमा संलग्न रहेको आरोपमा १२५ जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँले नयाँ बसपार्क, गौशाला, पुरानो बसपार्क, बागबजार, चावहिललगायतका क्षेत्रमा बाटोमा बसेर महिलालाई फकाएर विभिन्न होटल तथा रेष्टुरेन्टमा लगेर अनैतिक क्रियाकलाप गर्न खोज्ने १२५ जनालाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले अनैतिक क्रियाकलाप हुने ठाउँलाई मध्यनजर राख्दै प्रहरीले उक्त क्षेत्रमा छापा मारेको जानकारी दिदैं ‘काठमाडौँमा हुने अनैतिक क्रियाकलापलाई रोक्नका लागि प्रहरीले उक्त अभियान सञ्चालन गरेको हो’, भने ।

Dish_Home

महिला प्रहरीलाई सादा पोशाकमा उक्त क्षेत्रमा परिचालन गरेको थियो । पक्राउ परेकालाई म्याद थप गरी अनुसन्धान गरिरहेको परिसरले जनाएको छ । रासस

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय