scheduleआइतवार भाद्र १ गते, २०७६

खानेकुराको प्रलोभनमा १२ वर्षीया बालिका बलात्कृत, छिमेकी पक्राउ परे


तनहुँ, ३० वैशाख । तनहुँ घिरिङ गाउँपालिका-४ मा एक बालिका बलात्कृत भएकी छिन् । १२ बर्षीया एक बालिकालाई एक छिमेकीले प्रलोभनमा पारी बलात्कार गरेको आरोप लागेको छ ।

जिल्ला प्रहरी कार्यलय तनहुँका प्रमुख विनोद सिलवालका अनुसार बलात्कारको आरोपमा सोही स्थानका २५ बर्षीय माधव कुमाल पक्राउ परेका छन् । खानेकुरा दिन्छु भन्दै ललाईफकाई गरी बालिकालाई घरमा लगेर बलात्कार गरेको अनुसन्धानबाट खुल्न आएको उनले बताए ।

बलात्कार गर्ने ती युवकलाई प्रहरीले घर नजिकैबाट नियन्त्रणमा लिएको छ । उनलाई जबरजस्ती करणी ऐन सम्बन्धि मुद्दा दर्ता गरी जिल्ला अदालतमा म्याद थप पश्चात् थुनामा राखी अनुसन्धान गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका नायब उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage