scheduleबुधवार आश्विन १ गते, २०७६

यसकारण लाग्यो श्रीलंकामा फेसबुकमाथि प्रतिबन्ध


कोलम्बो, ३० वैशाख । श्रीलंकामा सरकारले फेसबुक, ट्वीटर लगायत अन्य सामाजिक सञ्जालमाथी अस्थायी प्रतिबन्ध लगाएको छ । केही दिनअघि भएको बम आक्रमणपछि सामाजिक सञ्जाल मार्फत विवाद हुँदा हिंसात्मक घटना समेत भएपछि सरकारले सामाजिक सन्जालमाथि प्रतिबन्ध लगाएको हो ।

अन्तराष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार श्रीलंकामा फेसबकु, ट्वीटर, ह्वाट्सएप लगायत सन्देश पठाउन मिल्ने अन्य सामाजिक सञ्जालसमेत अस्थायी रुपमा प्रतिबन्धित भएका छन् । फेसबुकबाट सुरु भएको विवाद बढ्दै जाँदा मुस्लिम समुदायका व्यक्तिले चलाएका पसल स्टोरमा ढुंगा हान्नेदेखि कुटपिटसम्मका घटना भएपछि सामाजिक सञ्जाल बन्द गराइएको हो ।

सरकारले हल्लाहरु फैलिन नदिन सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगायको जनाएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage