scheduleसोमवार आश्विन ६ गते, २०७६

श्रीलंकामा रात्रिकालीन निषेधाज्ञा

काठमाडौँ, ३० वैशाख । श्रीलङ्कामा देशभरि नै रात्रिकालीन निषेधाज्ञा जारी गरियो। मुस्लिम समुदायविरुद्ध हिंसा फैलिएपछि देशभरि नै रात्रिकालीन निषेधाज्ञा जारी गरिएको मिडिया रिपोर्टमा उल्लेख छ।

मङ्गलवार विभिन्न सहरमा दङ्गा गर्न खोज्नेहरूलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यासको प्रयोग गरेको तथा हावामा गोली हानेको थियो।

मिडिया रिपोर्टका अनुसार एकाएक मच्चिएको हिंसामा मस्जिद तथा मुस्लिमहरूका पसललाई तारो बनाइएको थियो। प्रहरीका अनुसार कम्तीमा एक जनाको मृत्यु भएको थियो।

इस्टर पर्वको दिन इस्लामिक लडाकुहरूले गिर्जाघर तथा होटलहरूमा आत्मघाती आक्रमण गरेर २५० जनाभन्दा बढीलाई मारिदिएपछि श्रीलङ्कामा साम्प्रदायिक तनाव चुलिएको छ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage