scheduleसोमवार आश्विन ६ गते, २०७६

तनाव बढेपछि श्रीलंकामा कर्फ्यू जारी


काठमाडौं, ३१ वैशाख । श्रीलंका सरकारले कर्फ्यू लगाएको छ । विभिन्न चर्च तथा मस्जिदमा आक्रमण हुने क्रम बढेसँगै तनाव बढेपछि सरकारले देशभरि नै कर्फ्यू लगाएको छ ।

मुस्लिम समुदायविरुद्ध हिंसा फैलिएपछि देशभरि नै रात्रिकालीन कफ्र्यु जारी गरिएको बीबीसीले लेखेको छ । हिंसामा मस्जिद तथा मुस्लिमहरूका पसललाई तारो बनाइएको थियो । प्रहरीका अनुसार कम्तीमा एक जनाको मृत्यु भएको थियो ।

आज बिहानै विभिन्न सहरमा दङ्गा गर्न खोज्नेहरूलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यासको प्रयोग गरेको तथा हावामा गोली हानेको समाचारमा उल्लेख छ । इस्टर पर्वको दिन इस्लामिक लडाकुहरूले गिर्जाघर तथा होटलहरूमा आत्मघाती आक्रमण गरेर २५० जनाभन्दा बढीलाई मारिदिएपछि श्रीलङ्कामा साम्प्रदायिक तनाव चुलिएको छ ।

अहिलेको अस्थिरताले गत महिना भएको उक्त घटनाको अनुसन्धानलाई प्रभाव पारेको भन्दै प्रधानमन्त्री रनिल विक्रमसिङ्घले सबैलाई शान्त रहन आग्रह गरेका छन् । इस्टरमा भएको घटनापछि सम्भावित प्रत्याक्रमण हुन नदिन सुरक्षाकर्मीहरू सफल भएको सरकारी पक्षको दाबी छ ।

मस्जिद र मुस्लिम समुदायको व्यापारिक प्रतिष्ठानमा निशाना बनाउने काम केही समयदेखि भइरहेको छ । श्रीलंकामा २ करोड २० लाख मानिस बस्ने गरेका छन् । मुसलमानको संख्या झण्डै १० प्रतिशत रहेको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage