scheduleबुधवार श्रावण १ गते, २०७६

प्रचण्डको ठट्टा- जनताले जान दिए कृषिमा फर्कन्थेँ !


काठमाडौं, ३१ वैशाख। नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रांगारिक खेतीमा फर्कन मन भएको बताएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले आफूलाई पनि राजनीति गरिसकेपछि प्रांगारिक खेतीमा जान मनलागेको बताएका हुन् । उनले ठट्टा गर्दै थपे, ‘तर जनताले त्यति जान नदिने !’

मंगलबारदेखि ललितपुरको कुपण्डोलमा सुरु भएको दुई दिने अन्तर्राष्ट्रिय प्रांगारिक कृषि सम्मेलनमा बोल्दै प्रचण्डले पुँजीवादी विकासका कारण पृथ्वीको दोहन बढेको तर्क अगाडि सारे । उनले विश्वमा नै आफूलाई नाफा हेर्ने पुँजीवादी विकासको गति बढिरहेको उल्लेख गर्दै यस्तो काम अनुचित भएको बताए ।

प्रचण्डले जलवायु परिवर्तन र विकासको मोडेलका कारण मानव जातिले धेरै समस्या भोगेको बताउँदै समस्या समाधान गर्न बहस फलदायी विश्वास व्यक्त गरे । ‘यसरी विकासलाई सही दिशा दिन सकिँदैन,’ उनले भने, ‘राजनीतिक स्थायित्वसँगै विकासको मोडेल त्यसलाई सञ्चालन गर्ने विधि सही भएन भने विकास सही बाटोमा जाँदैन ।’

प्रचण्डले कृषिप्रधान देशमा आयात बढिरहेकोमा चिन्ता प्रकट गर्दै भने, ‘आधुनिक खेती गर्ने भने पनि दिनप्रतिदिन आयातमुखी भइरहेका छौं, यसको समीक्षा गर्ने बेला भएको छ ।’ उनले अगाडि थपेँ, ‘अर्बौंको कागती मात्र आयात गर्नुपर्ने परिस्थितिको सृजना कसले गर्‍यो, कुन राजनीतिक प्रणालीले गर्‍यो, त्यसको समीक्षा गर्ने उपयुक्त बेला आएको छ ।’

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob