scheduleमगलवार आषाढ़ ३१ गते, २०७६

आईपीएलबाट फर्कनासाथ सन्दीपको परिवारमा ‘नयाँ सदस्य’ थपियो


काठमाडौं, ३१ वैशाख । नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा लेग स्पिनर सन्दीप लामिछानेले परिवारमा ‘नयाँ सदस्य’ थपेका छन् । आईपीएलको १२औं सिजनको खेल खेलेर स्वदेश फर्कनासाथ उनको परिवारमा थपिएको नयाँ सदस्य मान्छे वा कुनै जनावर नभएर महंगो मूल्य पर्ने स्पोर्ट्स बाईक हो ।

सन्दीपले विश्व चर्चित ब्राण्ड बिएमडब्लुको बाइकसहितको तस्बिर इन्टाग्राममा पोस्ट गरेका छन् । उनले बाइकलाई परिवारमा नयाँ सदस्य थपिएको भन्दै स्ट्याटस लेखेका छन् ।

उनले नेपाली बजारमा ९ देखि १० लाख पर्ने बिएमडब्लु जी ३१० मोडलको बाइक किनेका हुन् । सन्दीपले आईपीएलको यो सिजनमा ६ खेल खेल्दै ८ विकेट लिएका थिए । स्वदेश फर्किएका उनी प्रधानमन्त्री कप नखेल्दे गरी आराममा छन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob