scheduleबुधवार श्रावण १ गते, २०७६

जनप्रतिनिधिलाई बलात्कारको आरोप, सदरमुकामबाट पक्राउ परे


ओखलढुंगा, ३१ वैशाख । ओखलढुंगाको लिखु गाउँपालिकाका वडा सदस्यलाइ बलात्कारको आरोप लागेको छ । लिखु गाउँपालिका वडा नं. ३ का वडा सदस्य विष्णु श्रेष्ठ एक युवती बलात्कारको आरोपमा पक्राउ परेका हुन् ।

लामो समय देखी फरार रहेका श्रेष्ठलाई सोमबार ओखलढुंगा सदरमुकामबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरिक्षक राजिब श्रेष्ठले जानकारी दिए । सदस्य श्रेष्ठले उनकै ईट्टा कारखानामा काम गर्ने एक युवतीलाई बलात्कार गरेको आरोप लागेको हो ।

कार्य क्षेत्रमै गत चैत ७ गते बलात्कार गरेको पीडित युवतीले ९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । लामो समयसम्म घरपरिवार बाट समेत सम्पर्कविहिन भएका आरोपित श्रेष्ठलाई प्रहरी कार्यालयमा नै आउदै गर्दा प्रहरीले नियान्त्रण गरेको उनका छोराले बताएका छन् ।

आरोपित श्रेष्ठलाई पक्राउ गरि घटनाका विषयमा थप अध्ययन अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob