scheduleसोमवार आश्विन ६ गते, २०७६

सुनखानी दुर्घटना ५ जनाको मृत्यु


काठमाडौं, ३१ वैशाख । इन्डोनेसियाको पश्चिमी जाभा प्रान्तमा सुनखानी दुर्घटना हुँदा कम्तीमा पाँच जना खानी मजदुरको मृत्यु भएको छ । दर्जनौं खानीभित्रै पुरिएको प्रहरीले जनाएको छ ।

उद्धारकर्ताहरूले खानीबाट पाँच जनाको शव निकालेका छन् । बोगोर जिल्लाको बान्तर गाउँको पोङकोर पहाडी भेगको सुनखानीमा दुर्घटना भएको हो ।

खानी दुर्घटनामा बाँचेकाहरूले भने खानीभित्र अरु १५ जना पुरिएको बताएका छन् । निरन्तरको वर्षाका कारण खानी दुर्घटना भएको हुनसक्ने बताईएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage